संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य



१२ कात्तिक । संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ । सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार मध्यरातिदेखि संसदका दुवै सदन अन्त्य गरेकी हुन् ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले शुक्रबार विज्ञप्ति जारी गरी कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि अन्त्य भएको जानकारी दिएका छन् ।