प्रधानन्यायाधीश जबरालाई राजीनामा गर्न नेपाल बारको पाँच दिने अल्टिमेटम



१२ कात्तिक । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार बसेको नेपाल बारको केन्द्रीय कार्यसमितिको बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षसहित आगामी बुधबार पाखुरामा कालोपट्टि बाँधेर धर्ना दिने निर्णय गरेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।


त्यसैगरी बैठकले प्रधानन्यायाधीश जबरालाई आफ्नो लागि इजलास नतोक्न पनि आग्रह गरेको छ । त्यसैगरी आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ ।

त्यस्तै बैठकले सबैलाई न्यायालय शुद्धिकरण अभियानमा नेपाल बारले सुरु गरेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेको छ । बुधबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआएमा नेपाल बारले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।