प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा सपथ



१० भदाै । नेकपा एमाले विभाजन भए लगतै प्रदेश १ मा सरकार परिवर्तनको भएको छ । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उनले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाइएको हो । 


नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । उनले आजै पद तथा गोपनीयताको सपथ लिएका छन् ।