धादिङ पारिवारिक विवादका मुद्दा सबभन्दा बढी



४ भदाै । जिल्ला अदालतमा सबैभन्दा धेरै पारिवारिक विवादका मुद्दा दर्ता भएको छ । उक्त विवादका ६३६ मध्ये ३६३ थान मुद्दा फछ्र्योट गरिएको छ ।

आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्म सम्बन्ध बिच्छेदका ४२८ मुद्दामध्ये२८५, अंशबण्डाका १७२ मध्ये ७०, सम्पत्ती सम्बन्धी १६२ मध्ये ७२, बालबालिकासम्बन्धी ४१ मध्ये १७ र विवाहसम्बन्धी २०मध्ये दुईटा फछ्र्योट भएको छ ।


मुद्दाका प्रकृतिअनुसार फछ्र्योट गर्ने गरिएको र तीमध्ये पारिवारिक विवादका धेरै रहेको स्रेस्तेदार खुमप्रसाद भण्डारीले बताए ।जिम्मेवारी सरी आएका र नयाँ गरी एक हजार ४५१ थान मुद्दामध्ये ६९६ फछ्र्योट भएको ७५५ थान फछ्र्योट गर्न बाँकी रहेको उनको भनाइ थियो ।

आर्थिक वर्ष ०७५÷७६ मा ७२४, ०७६÷७७ मा ९५३ र ०७७÷७८ मा एक हजार ४५१ थान मुद्दा दर्ता भएकाले तीन वर्षयता मुद्दा दायर गर्ने क्रम बढ्दै गएको देखिएको छ । दुई वर्ष नाघेका ८२ थान मुद्दा बाँकी रहेको र २०५२ सालदेखिका २८ थान मुद्दा मुल्तबीमा रहेको बताइएको छ ।