थप १ हजार ६६४ जनामा सङ्क्रमण पुष्टी, २० को मृत्यु



१५ भदाै । पछिल्लाे २४ घण्टामा थप १ हजार ६६४ जनामा सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । कुल १२ हजार २२२ जनामा परीक्षण गर्दा साे संख्यामा सङ्क्रमण पुष्टी भएकाे हाे । नौ हजार ११७ पिसिआर र तीन हजार १०५ एन्टिजेन परीक्षण गरिएको थियो । तीमध्ये पिसिआर परीक्षण गर्दा एक हजार ५२३ र एन्टिजेनबाट १४१ जना सङ्क्रमित पुष्टी भएका हुन् ।

यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार ७८६ जना सङ्क्रमणबाट निको घर फर्किएका छन् । अहिलेसम्म ७ लाख १६ हजार ३०६ जना निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।


यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा थप २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७५० जनाको काेराेना सङ्क्रमणका कारण मृत्यु भइसकेकाे छ । नेपालमा प्रति १० लाखमा ३६२.३ जनाको सङ्क्रमणका कारणले मृत्यु हुने गरेको छ ।

हाल देशभर ३५ हजार ५९१ सक्रिय सङ्क्रमित रहेका छन् । अहिलेसम्म ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० वटा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।

यस्तै ६३७ जना सघन उपचारकक्ष (आइसीयू), १६४ जना भेन्टिलेटर, ३३ हजार २१४ जना होम आइसोलेशन, २ हजार ३७७ जना संस्थागत आइसोलेशन र ३२९ जना क्वारेन्टिनमा रहेका छन् ।