जापानबाट आइपुग्यो एस्ट्राजेनेकाको थप खोप



५ भदाै । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको १६ लाख मात्रा खोपमध्ये आज दुई लाख आठ हजार ७०० मात्रा राजधानी आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा नेपाल स्थित जापानी दूतावासका प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई खोप हस्तान्तरण गरेका छन् ।

यसअघि पहिलो चरणमा साउन २३ र २४ गते नौ लाख मात्रा खोप ल्याइएको थियो । बाँकी खोप भोलि आइतबार र पर्सि सोमबार आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत जापानले १६ लाख १४ हजार ७४० मात्रा खोप प्रदान गरेको राजदूतावासले बताएको छ ।