खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन स्वास्थ्य मन्त्रालयकाे निर्देशन



३२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन निर्देशन दिएकाे छ । केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो निर्देशन गरिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताएका छन् ।

विदेश जानुपर्ने कतिपय व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन अनलाइन फाराम भरी म्यानपावर कम्पनीलाई शुल्क बुझाउनु परेको गुनासा प्राप्त भएकाले त्यसो नगर्न अनुरोध गरिएकोे र शुल्क लिने उपर कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।