६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा आजबाट लगाइँदै (उपत्यकाका खाेप केन्द्र सहित)



२२ असार, काठमाडौं  कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत आजबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दोस्रो खोप लगाइने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो ।तीन लाख ७० हजार ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । खोपको दोस्रो मात्रा उपत्यकामा  मंगलबारबाट तीन दिनसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म लगाइने छ ।