सून्यमा सून्य सरी



लक्ष्मी प्रसाद देवकाेटा

संसार रुपी सुख स्वर्गभित्र,
रमें रमाएँ लिइ भित्र चित्र ।
सारा भयो त्यो मरुभूमि तुल्य,
रातै परे झैं अब बुझ्छु बल्ल।

रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर रहेछ श्रीकृष्ण एक,
न भक्ति भो, ज्ञान, नभो विवेक ।

महामरुमा कण झैं म तातो,
जलेर मर्दो बिन आश लाटो ।
सुकी रहेको तरु झैं छु खाली,
चिताग्नि तापी जल डाल्न फाली ।


संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मेँ म यो स्वर्गविषे पलाएँ,
आखीर भै खाक त्यसै बिलाएँ