कानूनका नौ सिङ भन्दा प्रतिनिधिसभाका बहुमत सदस्यको हस्ताक्षर बलशालीः बाबुराम भट्टराई



काठमाडौं, २२ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान सर्वोच्च अदालतको शरणमा परेको बताएका छन् ।

समाजिक संजालमार्फत भट्टराईले कानुनका नौ सिङ हुने भएपनि प्रतिनिधिसभाका बहुमत सदस्यको हस्ताक्षर भन्दा बलशाली सिङ अर्को हुन नसक्ने बताएका हुन् ।


उनले लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान अहिले सर्वोच्च अदालतको शरणमा छ । कानूनका नौ सिङ हुन्छन् रे ! तर सार्वभौमसत्तासम्पन्न जनताद्वारा निर्वाचित प्रतिनिधिसभाका बहुमत सदस्यले राष्ट्राध्यक्ष र सर्वोच्च अदालतमा पेश गरेको हस्ताक्षर भन्दा बलशाली सिङ अर्को हुनसक्दैन । श्रीमानहरूको जो विचार !’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सोमबार बहस सकिएको छ । सर्वोच्चले असार २८ गते फैसला सुनाउने मिति तय गरिसकेको छ । यसै सन्दर्भमा भट्टराईको यस्तो भनाई आएको हो ।