सहमतिको बाटोमा छौं, भोलिसम्म निष्कर्षमा पुग्छौं: प्रदीप ज्ञवाली



२३ असार । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्र देखा परेका विवाद भोलिसम्ममा समाधान हुने विश्वास व्यक्त गरेका छन्। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रवक्ता ज्ञवालीले भने, ‘अहिलेसम्मको हाम्रो छलफलका आधारमा भोलिसम्म टुंगोमा पुग्ने विश्वास लिएका छौं ।’

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलको सिंहदरबारमा आज बसेको बैठकपछि ज्ञवालीले छलफल सकारात्मक ढंगले अगाडि बढेको र भोलिसम्म निष्कर्षमा पुग्ने तयारी रहेको बताएका हुन्। ‘सहमतिको बाटोमा छौं, भोलिसम्म निष्कर्षमा पुग्छौं,’ ज्ञवालीले भने। केही दिनदेखि विवादित विषय हल गर्न भन्दै एमालेको कार्यदल बैठक बसिरहेको छ।