विदेशमा चिकित्सा शिक्षामा स्नातक गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने



२३ असार । विदेशमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका तर कोरोनाले इन्टर्नसिप रोकिएका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्।कोरोनाको जटिल परिस्थितिले पढेकै विश्वविद्यालयमा इन्टर्नसिपको अवधि पूरा गर्ने अवस्था नरहेकोले सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तिर्ण गरी इन्टर्नसिपको अवधि पूरा गर्न नपाएका विद्यार्थीलाई यो एक पटकका लागि नेपालमै बाँकी अवधि पूरा गर्ने व्यवस्था मिलाइएको छ।

चिकित्सा शिक्षा आयोगको असार २१ को निर्णयअनुसार विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीको कोरोनाले इन्टर्नसिप पूरा नभएको भए इन्टर्नसिप गर्न इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन भनेको छ।अनलाइन आवेदन असार २४ देखि खुल्ने र साउन ५ गतेसम्म भरिसक्नुपर्नेछ।आवेदन शुल्क एक हजार पाँच सय लाग्नेछ। आवेदन आयोगको वेवसाइटमा रहेको सूचनामा छ।


स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्तिर्ण भएको प्रमाणपत्रलगायत कागजातहरू पेश गर्नुपर्ने हुन्छ।साथै इन्टर्नसिप गर्न चाहेको अस्पतालको स्वीकृति वा अनुमतिपत्र पनि आवश्यक हुन्छ।