संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज



३ साउन । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् । 

मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।  साेहि सिफरिस अनुसार उक्त अध्यादेश खारेज भएको हो । 


प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का कायम रहेका सदस्य मध्ये उपस्थितको बहुमतले संवैधानिक निकायमा नियुक्त गर्न सक्ने गरि अध्यादेश ल्याएका थिए । अध्यादेश अनुसार प्रधानमन्त्री ओलीले लोकसेवा आयोग, अख्तियार र निर्वाचन आयोग लगायतमा नियुक्ती गरेका थिए।