नेपालमा थप १८०१ जना सङ्क्रमित, १६६७ सङ्क्रमणमुक्त



३ साउन । गत २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल ९ हजार ६२८ जनामा परीक्षण गर्दा साे संख्यामा सङ्क्रमण पुष्टी भएकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा १ हजार ६६७ जना काेराेना सङ्क्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । याे संगै नेपालमा सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख ३२ हजार ७४ पुगेकाे छ ।


यस्तै गत २४ घण्टामा थप २३ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । याे संगै नेपालमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार ५५० पुगेकाे छ ।