काठमाडौँ : नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद नमिलेका ठाउँमा पूरानै सदस्यताका आधारमा वडा अधिवेशन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बिहान बसेको शीर्ष नेताहरूको बैठकले विवाद नमिलेका ठाउँमा पूरानै सदस्यताका आधारमा वडा अधिवेशन गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए ।
‘आजको बैठकमा निर्धारित समयमै महाधिवेशन गर्ने भन्ने कुरा भयो,’ नेता साउदले भने, ‘हिजो बनाएको मापदण्ड कार्यान्वयन गर्ने भन्ने कुरा भयो । क्रियाशील सदस्यताका विषयमा सहमित जुट्ने ठाउँमा जुटाउने जुन ठाउँमा सहमति जुटेन त्यहाँ पूरानै क्रियाशील सदस्यता कायम राखेर वडा अधिवेशन गर्ने निर्णय भयो ।’