नेपालमा थप २३२८ संक्रमित , ३०६६ जना संक्रमणमुक्त



१९ असार । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घन्टामा १० हजार १ सय ३३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।


मन्त्रालयका अनुसार मुलुकभरमा ५ हजार ८३७ जनाको पिसिआर परीक्षणबाट १ हजार ५२७ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार २९६ जनाको एन्टिजेन परीक्षणबाट ८०१ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ०६६ जना संक्रमणमुक्त भएका छन्। याे संगै हालसम्म काेराेना संक्रमणमुक्त हुनेकाे कुल संख्या ६०६६६६ पुगेकाे छ ।

यस्तै गत २४ घन्टामा काेराेना संक्रमणका कारण १९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म काेभिड १९ का कारण मृत्यु हुनेकाे संख्या ९१९८ पुगेकाे छ ।