प्रदेश २ मा माओवादीका मन्त्रीले लिए सपथ



२ साउन । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिएका छन् । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन् । साह महोत्तरीबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् । कर्णलाई आन्तारिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउन जनता समाजवादी पार्टीका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले आजै राजिनामा गरेका थिए । शपथ समारोहमा सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका पदस्थ उच्च पदाधिकारीको उपस्थिति थियो ।