नेपालमा थप १८७५ जनामा काेराेना सङ्क्रमण, २१६४ सङ्क्रमणमुक्त



२ साउन । गत २४ घण्टामा नेपालमा थप १ हजार ८७५ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल १० हजार ६६ जनामा परीक्षण गर्दा साे संख्यामा काेराेना सङ्क्रमण पुष्टी भएकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा थप २ हजार १६४ जना सङ्क्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । याे संगै नेपालमा सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख ३० हजार ४०७ पुगेकाे छ ।


यस्तै गत २४ घण्टामा थप २१ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । याे संगै नेपालमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार ५२७ पुगेकाे छ।