प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन मन्त्रिपरिषदको सिफारिस



३१ असार । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बैठक आगामी साउन ३ गते दिउँसो ४ बजे बस्नेछ ।

असार २८ गते सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधिसभा विघटन बदर गरेर साउन ३ गतेभित्र बैठक बोलाउन आदेश जारी गरेकाे थियाे । सोहीअनुसार सरकारले साउन ३ गते दुबै सदनको बैठक बोलाउन सिफारिस गरेको हो । 


यस्तै मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको छ ।