काठमाडौं उपत्यकामा साउन १० सम्म थपियो निषेधाज्ञा



३१ असार । काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप भएको छ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौला सम्मिलित बैठकले निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय गरेकाे हाे ।

यस पटक थपिएकाे निषेधाज्ञामा उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ । आवश्यक परेका सार्वजनिक यातायातलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस सहित उपत्यका प्रवेश गर्न दिइने भएकाे छ ।


यस्तै असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने भएकाे छ ।

यस्तै भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिइएको छ । 

हेर्नुहोस् काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश: