नेपालमा थप ३१०८ जना सङ्क्रमित, १५९५ सङ्क्रमणमुक्त



५ साउन । गत २४ घण्टामा नेपालमा थप ३ हजार १०८ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल १३ हजार १३५ जनामा परीक्षण गर्दा साे संख्यामा काेराेना सङ्क्रमण पुष्टी भएकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा १ हजार ५९५ जना काेराेना सङ्क्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । याे संगै नेपालमा सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख ३४ हजार ९२७ पुगेकाे छ ।


यस्तै गत २४ घण्टामा थप २५ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । याे संगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार ६०७ पुगेकाे छ ।