कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने



५ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा भदौ ९ गतेसम्म चल्ने बोर्डले जनाएको छ । परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् । 

भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ । परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा हुनेछ ।


यसअघि कोराना महामारीका कारण गत जेठ २६ गते तय भएको परीक्षा स्थगित भएको थियो । कक्षा १२ को परीक्षाका लागि यसपटक ३ लाख ८६ हजार विद्यार्थीले फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा भदौ ९ गतेसम्म चल्ने बोर्डले जनाएको छ । यस्तै विद्यार्थीले सम्बन्धित विद्यालयबाटै दिन पाउने भएका छन् ।

परीक्षाको समययमा पर्ने गाइजात्रा र जनैपूर्णिमामा विदा दिएर शनिबार समेत परीक्षा लिइने बोर्डले बताएको छ ।

यसअघि कोराना महामारीका कारण गत जेठ २६ गते तय भएको परीक्षा स्थगित भएको थियो । कक्षा १२ को परीक्षाका लागि यसपटक ३ लाख ८६ हजार विद्यार्थीले फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।