नेपालमा थप २६३४ जना सङ्क्रमित, १५६५ सङ्क्रमणमुक्त



२२ असार । गत २४ घण्टामा नेपालमा थप २ हजार ६३४ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

साे अवधिमा १ हजार ५६५ जना काराेना सङ्क्रमणमुक्त भएका छन् । याे संगै हालसम्म सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६१२९९४ पुगेकाे छ ।


पछिल्लाे २४ घण्टामा १५ जनाकाे काेराेना सङ्क्रमणका कारण मृत्यु भएकाे मन्त्रालयले जानकारी दिएकाे छ। याे संगै नेपालमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार २६३ पुगेकाे छ ।