शेयरबजारमा गिरावट कायमै, सूचकसंगै कारोबार रकम समेत घट्यो



२२ असार । मंगलबार पनि शेयरबजारमा गिरावट देखिएको छ । यस दिन नेप्से सूचकसंगै कारोबार रकम पनि घटेको छ। नेप्से सूचक ५अंकले घट्दा कारोबार रकम पनि चार अर्ब २२ करोडमा सिमित हुँदा नेप्से सूचक २८१८ विन्दुमा झरेको छ।यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको सूचक मात्रै सकारात्मक भएका छन्।

निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ। यस्तै बैकिङ, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूहको सूचक सकारात्मक देखिएको छ। लगानी उपसमूहको सूचक सवैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ। हाइड्रोपावर र व्यापार उपसमूहको सूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ।


यस दिन राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य भने सर्वाधिक ८.३१ प्रतिशतले बढेर प्रति कित्ता २२ हजार ५२ रुपैयाँ पुगेको छ। यस्तै एचआईडिसीएल र अपर तामाकोशीको शेयरमूल्य भने ५ प्रतिशतभन्दा धेरैले घटेको छ।कारोबार रकमको आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। हिमालयन डिष्टिलरीको ३५ करोडभन्दा धेरैको शेयर कारोबार भएको छ।