नेपालमा थप २३७० सङ्क्रमित, ११३३ सङ्क्रमणमुक्त



२८ असार । पछिल्लाे २४ घण्टामा नेपालमा थप २ हजार ३७० जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। कुल ११ हजार ५८४ जनामा परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टी भएकाे हाे

यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार १३३ जना काेराेना सङ्क्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ। याे संगै नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख २१ हजार ०२७ पुगेकाे छ।


यस्तै पछिल्लाे २४ घण्टामा थप १८ जनाले काेराेना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् याे संगै नेपालमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे संख्या ९ हजार ४०० पुगेकाे छ ।