राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य



२८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकि छन् । नेपालको संविधानबमोजिम राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेकि हुन् ।

राष्ट्रियसभाको आजको बैठकले असार २९ गते दिनको ३ बजे बस्ने गरी निर्धारण भएको बैठकसमेत स्वतः अन्त्य भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा उल्लेख छ ।


राष्ट्रियसभाको चालु आठाँै अधिवेशन यही असार १७ गते आह्वान भएको थियो । अधिवेशनका क्रममा बसेको छ वटा बैठकमा सांसदहरुले मुलुकको समसामयिक राजनीतिक स्थिति, बाढीपहिरो र कोभिड–१९ लगायत जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।