नेपालमा थप २२९९ जना संक्रमित, ३४५१ संक्रमणमुक्त



पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

१० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।


यही अवधिमा थप ३४५१ संक्रमणमुक्त भएका छन् । याे संगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख ३६०० पुगेकाे छ । नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ । 

गत २४ घण्टामा काेराेना संक्रमणका कारण थप ३४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ९ हजार १७९ जनाले काेराेना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।