दुई बालकृति लोकार्पित



१५ साउन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आज भर्चुअल माध्यमबाट दुई बालकृति विमोचन गरेका छन् । उनले बाल साहित्य सर्जक प्रमोद प्रधानको बाल कविता सङ्ग्रह ‘रसैरस रसिली’ र विजयराज आचार्यको बाल कथा सङ्ग्रह ‘स्वयम्भूका आँखाहरु’ विमोचन गरेका हुन् ।

कुलपति कर्माचार्यले दुवै कृतिको शीर्षक नै रोचक रहेको जनाउँदै अबका दिनमा कथा लेख्दा अनुसन्धानलाई पनि विशेष जोड दिनुपर्ने सुझाव दिएका छन् । ‘रसैरस रसिली’ बारे टिप्पणी गर्दै कवि रमेशचन्द्र घिमिरेले कविताहरू बालसुलभ भएको उल्लेख गरेका छन् । ‘स्वयम्भूका आँखाहरु’ माथि बालसाहित्य सर्जक शाश्वत पराजुलीले समीक्षा गरेका थिए ।


पुस्तकमा मञ्जुश्रीको मिथकलाई आधुनिक प्रविधिसँग जोडिएर लेखिएको बताएका छन् । ‘रसैरस रसिली’लाई विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो भने ‘स्वयम्भूका आँखाहरू’ विवेक सिर्जनशील प्रकाशन र रिभिजिट स्वयम्भूको संयुक्त प्रकाशन हो ।