चीनबाट आठलाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो



कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ चीनबाट आठ लाख नौ हजार ६०० डोज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले आज बिहान ६ः२१ बजे खोप चीनको बेइजिङबाट काठमाडौं ल्याएको हाे ।

सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । जसअनुसार आज भेरोसेल खोपको आठ लाख डोज नेपाल आइपुगेको हो । त्यस्तै, बाँकी खोप साउन ८ गतेसम्ममा ल्याइने जनाइएको छ ।