निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् आत्महत्या



२५ असार । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन् । कुँवरले बिहीबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनी काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी थिईन् । उनले आफ्नै निवासमा राति करिब ९ बजे आत्महत्या गरेर मृत्य रोजेकी छिन् ।

प्रहरीका अनुसार उनको शव झुण्डिरहेको अवस्थामा फेला पारिएको हो । शव उनको आफ्नै निवासको भान्सा कोठामा फेला परेको थियो । ढोकामा किला ठोकेर डोरीको पासो लागेको अवस्थामा उनको शव भेटिएको र प्रारम्भिक अनुशन्धानमा कुँवरले आत्महत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।


घटनास्थलबाट प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ । घटनास्थलमा भेटिएको सुसाइड नोटमा पनि उनले आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गर्दै मृत्युमा कसैलाई दोष नदिन र आफ्नै हिसाबले मृत्यु रोजेको भनेकी छन् । ‘यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ । पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैले गरेको हो,’ नोटमा अगाडि भनिएको छ, ‘यसमा कसैको दोष छैन ।’

कुवँरले ‘जिन्दगानी’ फिल्मबाट डेब्यु गरेकी थिइन् । मैदान, जीवनदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल, धूम, मिस्टर डन, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ लगायत करिव दर्जन फिल्म उनले अभिनय गरेकी थिइन् । उनले ‘हलचल’ र ‘घायल’ नामक दुई फिल्म समेत निर्माण गरेकी थिइन् ।