हर्षोल्लास वा ठूलो स्वरले बोल्न्न नपाईने ! सन्दर्भ :टोकियो ओलम्पिकको



हालसालै टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित गराउने जनएता पनि , हजारौं फ्यानहरूलाई टोकियो ओलम्पिक खेलहरू हेर्न ठाउँमा हर्षोल्लास वा ठूलो स्वरले बोल्न्न भने पाईनेछैन।

आयोजक समितिका तर्फबाट जारी विज्ञप्तिमा रंगशालाको कूल क्षमताको आधालाई मात्र रंगशालामा उपस्थित हुन दिइने उल्लेख छ । तर विदेशी दर्शकलाई भने यस पटकको ओलम्पिकमा उपस्थित हुनबाट प्रतिबन्ध लगाइएको छ । समितिले रंगशालामा खेल हेर्न आउने प्रत्येक दर्शकले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने तथा स्वास्थ्यका अन्य मापदण्ड पालना गर्नुपर्ने जनाएको छ । रंगशालाभित्र ठुल्ठूलो स्वरले कराउन, चिच्याउन वा हुटिङ गर्न नपाइने पनि समितिले बताएको छ ।