सन्दीप लामिछानेले भने-‘षडयन्त्रकारीको नाम चाँडै सार्वजनिक गर्छु’



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गर्दै यो ‘षड्यन्त्र’ रच्ने सबैको नाम सार्वजनिक बताएका छन् ।

विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको दिन बुधबार मध्यराति उनले फेसबुकमा दोस्रो स्टाटस लेख्दै आफूविरुद्ध षडयन्त्र गर्नेहरुको नाम चाँडै सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘म सम्मानित अदालतको कानुन र आदेशलाई सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने वाचा गर्छु ।’


यसअघि बुधबारै उनले आफू षड्यन्त्रको सिकार भएको र सबै कुरा भगवान्को हातमा रहेको भावुक स्टाटस लेखेका थिए । बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय तोकिएका सन्दीपको पुनरावेदन उच्च अदालत पाटनमा विचाराधीन छ ।