भारतमा थप ४८ हजार सङ्क्रमित, ११ सयको मृत्यु



१२ असार । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका हुन् ।

अधिकारीहरुका अनुसार सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ६४ हजार ८१८ रहेको छ । त्यसैगरी पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण थप एक हजार १८३ जनाको मृत्यु भएको छ ।