नेपालमा थप १९२० कोरोना संक्रमित, मृत्यु हुनेकाे सङ्ख्या ९ हजार नाघ्याे



नेपालमा थप १ हजार ९२० जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ८३६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।


सो अवधिमा ३००७ जना सङ्क्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर गरी ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ।