जापान को दक्षिणपश्चिमी क्षेत्र कागोशिमा टापुमा ज्वालामुखी विस्फोट



जापान को दक्षिणपश्चिमी क्षेत्र कागोशिमा टापुमा ज्वालामुखी विस्फोट भएको छ। जापान मौसम एजेन्सीले बुधवार बिहान ०:०४ बिहान सुवानोसेजिमामा सो विस्फोट भएको बताएको छ।अधिकारीहरूका अनुसार विस्फोटले ठूला चट्टानहरू ओटाक क्रेटर बाट करीव १ किलोमिटरको दूरी सम्म उडाएको जनाएको छ्।

अधिकारीहरूका अनुसार क्रेटरको करिब २ किलोमिटर क्षेत्रहरूमा ठूला चट्टानहरू खस्ने सम्भावनाको बारेमा चेतावनी दिएका छ्न्।