

यो चलचित्रको हिन्दी रिमेक एकता कपुरले बनाउन लागेकी हुन् । उनले यसको जिम्मा अभिनेता वरुण धवनका दाइ रोहित धवनलाई दिएकी छन् । रोहितले अहिले कास्टिङ गरिरहेको बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रमा अभिनेता अल्लु अर्जुन र अभिनेत्री पूजा हेगडेको भूमिकामा अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेननलाई अनुबन्धित गरिएको छ ।
चलचित्रमा अल्लुको आमाको भूमिकाका लागि भनेजस्तो अनुहार पाउन रोहितलाई गाह्रो परिरहेको छ । यस चलचित्रको तेलुगु भर्सनमा अभिनेत्री तब्बुले अल्लुको आमाको भूमिका निर्वाह गरेकी छन् । रोहित र एकताले हिन्दी रिमेकमा पनि तब्बुलाई राख्न खोजेका थिए । तर, उनले ‘भूलभूलैया २’ मा कार्तिकको आमाकै भूमिकामा रहेको बताएर चलचित्र काम नगर्ने बताइन् । त्यसपश्चात सो भूमिकाका लागि रोहितले अभिनेत्री मनिषालाई अनुरोध गरेका थिए । मनिषाले काम गर्ने सहमति दिएपछि चलचित्रको कास्टिङको पाटो पूरा भएको बताइएको छ । कोरोना कहरका बीच लगाइएको निषेधाज्ञाका कारण नेपालमै छन् । केही दिनअघि मनिषा अभिनीत चलचित्र ‘इन्डिया स्विटस् एन्ड स्पाइसेज’ ट्रिबाका चलचित्र फेस्टिभलमा प्रदर्शन भएको थियो । सो चलचित्रमा मनिषाले आदिल हुसैनको जोडीको रुपमा अभिनय काम गरेकी छन् ।
