Category: राजनीति

  • पूर्व प्रधानमन्त्री नेपालद्वारा छुवाछूत अन्त्यका लागि योगदान गर्न आह्वान

    पूर्व प्रधानमन्त्री नेपालद्वारा छुवाछूत अन्त्यका लागि योगदान गर्न आह्वान

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जातीय छुवाछूत अन्त्यका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गरेका छन् । 

    जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “आजको दिनले नेपाली समाजलाई सबै प्रकारका भेदभाव तथा जातीय छुवाछूतबाट पूर्ण रूपमा मुक्ति दिलाउने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै जातीय छुवाछूतजस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्यका लागि आ-आफ्नो ठाउँबाट ठोस योगदान गर्न सबैलाई हार्दिक अपिल गर्दछु ।”

    पूर्वप्रधानमन्त्री नेपालले शुभकामना सन्देशमा मानव सभ्यताको कलंकका रूपमा रहेको जातीय विभेद तथा छुवाछूत प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन, सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील हुन पनि आह्वान गरेका छन् ।

  • गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी

    गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी

    काठमाडौं। संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावनाविपरीत गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन भएको भन्दै त्यस्ता दललाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी परेको छ।

    काठमाडौंको टोखा नगरपालिका-८ निवासी अधिवक्ता डा प्रेमराज सिलवालले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र अधिकारीहरूलाई भेटेर सोमबार उजुरी दर्ता गरेका हुन्। निवेदनमा आयोगमा दर्ता भएर संघीय संसद्मा प्रतिनिधित्व गर्दै आएको राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत नेपालको संविधान र गणतान्त्रिक संवैधानिक प्रणालीविरोधी सडक प्रदर्शन गरिरहेका र सो संविधान र कानुनविपरीत भएको जिकिर गरिएको छ।

    संविधानको धारा २६९ (१) मा ‘समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले धारा १७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत बनेको कानुनको अधिनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचारप्रसार गर्न, गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्ने भनिएकाले सोको परिपालना हुनुपर्ने निवेदनमा उल्लेख छ।

    यस्तै, संविधानको धारा २७४ मा संविधानको संशोधन गर्दा समेत ‘जनतामा निहीत सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधानको संशोधन गर्न नसकिने’ कुराको सुनिश्चितता गरिएबाट नेपालको संविधानको आधारभूत संरचना, चरित्र र संवैधानिक प्रबन्ध लोकतान्त्रिक, गणतान्त्रिक रहेको स्पष्टै रहेकाले संवैधानिक प्रबन्धलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत २०८२ जेठ १५ गतेदेखि गरेको आन्दोलनको नाममा गम्भीर प्रकारले उल्लंघन गरेकाले कारबाही गर्न माग गरिएको छ।

    अधिवक्ता डा सिलवालले विधानसमेत पेस गरेको उक्त दलसँग स्पष्टीकरण लिई आन्दोलनका नाममा भएका संविधान तथा कानुनविरोधी कार्य रोक्न र त्यस्ता कार्य गरेकाले दलको दर्ता खारेजी गर्ने सम्मको कानुनी कारबाहीका लागि नेपाल सरकारको तर्फबाट आयोगमा लेखी पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि निवेदन दिएको जानकारी दिए।

  • जसपा नेपालका अध्यक्ष यादव स्वदेश फिर्ता

    जसपा नेपालका अध्यक्ष यादव स्वदेश फिर्ता

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किएका छन् । पार्टी सम्बद्ध नेपाली समाज मलेसियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भई अध्यक्ष यादव मङ्गलबार स्वदेश फर्किएको पार्टीको प्रचार विभागले जानकारी दिएको छ  ।

    मलेसिया भ्रमणमा रहँदा अध्यक्ष यादव र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सेनाबिच नेपाली श्रमिकको समस्याबारे छलफल भएको थियो । सो अवसरमा विनोदकुमार यादवको अध्यक्षतामा जसपा नेपालको प्रवास समिति ‘नेपाली समाज मलेसिया’ पुनर्गठन गरिएको थियो ।

    कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापालगायतको सहभागिता रहेको थियो ।

  • जनताले ‘माओवादी नै सही रहेछ, हामीले चिन्न ढिला गरेछौं’ भन्न थालिसकेः प्रचण्ड

    जनताले ‘माओवादी नै सही रहेछ, हामीले चिन्न ढिला गरेछौं’ भन्न थालिसकेः प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय पार्टीमा निकै ठूलो उभार आएको बताएका छन् ।

    आज (मंगलबार) माओवादी केन्द्रले आजदेखि सुरू गरेको काठमाडौं उपत्यका केन्द्रीत नेवा र तामसालिङ जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गल्तीबाट सिक्दै अगाडि बढ्ने प्रयास गरिरहेको बताए । अहिले जनताले माओवादीलाई एक पटक क्षमा दिएको बताए । माओवादीमा अहिले आइरहेको उभार कायमै राख्न सकिए आगामी २०८४ को निर्वाचनमा ०६४ भन्दा माथि जाने अवस्था आउने बताए ।

    ‘हामी माओवादी भन्दा ठाउँ–ठाउँमा डराउने’ अवस्था भइसकेको परिस्थितिमा माओवादीले १८ महिना सरकारको नेतृत्व गर्दा अहिले गर्वका साथ माओवादी हौं भन्ने ठाउँमा आइपुगेको उनले बताए । ‘प्रतिक्रियवादी, यथास्थितिवादी आक्रमकजस्तो, हाम्रा साथीहरु रक्षात्मक हुने स्थिति थियो । तर, अहिले के भयो– हाम्रा साथीहरु छाती फुलाएर हामी माओवादी, हामीले ल्याएको यो परिवर्तन भन्न सक्ने ठाउँमा आउँदैछौं,’– उनले भने ।

    माओवादीले अभियान लिएर गएको ठाउँहरुका जनताले ‘माओवादी नै सही हो, हामीले चिन्न ढिला गरेछौं’ भनेको पनि प्रचण्डले सुनाए । उनले जनताले ‘माओवादीलाई नै सहयोग गर्छौं’ भनेको पनि बताए । माओवादीले उत्पीडित वर्ग, क्षेत्र, समुदायसँग सम्बन्धलाई रिन्यू गर्न जरुरी रहेको प्रचण्डले बताए ।

  • ‘व्यवस्थाप्रति प्रश्न उठाइनु सामान्य कुरा हैन’

    ‘व्यवस्थाप्रति प्रश्न उठाइनु सामान्य कुरा हैन’

    काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले जनताको त्याग र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्धमा भइरहेको व्यवस्था विरोधी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरुले केही व्यक्ति र समूहले विस्थापित भइसकेको व्यवस्थालाई फर्काउने दुस्प्रयास गरिरहेको भन्दै त्यसका विरुद्धमा गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद तुलसाकुमारी दाहालले व्यवस्था विरोधी प्रश्न उठाउर मित्थ्या आरोपप्रति प्रश्न उठाइनु सामान्य कुरा नभएको बताइन् । उनले समाजमा समय समयमा प्रकट हुने नकारात्मक सोच, संविधान व्यवस्थाप्रति फैलाइएको अफवाह सङ्घीय लोकतान्तिक गणतन्त्रको विरुद्धमा मित्थ्या आरोप लगाउने काम भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण गराइन् ।

    उनले भनिन्, “व्यवस्थाप्रति प्रश्न उठाइनु सामान्य कुरा हैन । विगतमा परिवर्तनका लागि आन्दोलन गर्ने दल, सत्ताको विभिन्न समयमा रही काम गर्ने राजनीतिक दल गम्भीर हुन, चिन्तन मनन गर्न आवश्यक छ, एक आपसमा हिलो छ्याप्न थाल्यौँ भने प्राप्त उपलब्धिको रक्षा गर्न सकिँदैन ।”

    सांसद दाहालले सरकारले सदनमा बजेट प्रस्तुत गरिसकेको र अति आवश्यक विधेयक पनि यसै सदनमा ल्याउने प्रतिवद्धता जनाएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखिन् ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले नेपालमा जातकै कारण विभिन्न विभेदका घटना घटिरहेका र पीडितले न्याय पाउन नसकेको भन्दै सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले जनप्रतिनिधिको सकारात्मक भूमिका नहुनु, प्रहरी प्रशासनको कमजोर भूमिका, मिडियाको भूमिका सकारात्मक नहुनु तथा विपन्नता र गरिबीको दुस्चक्रमा समाज रहनुका कारण दलितमाथिको विभेद र अपराधजन्य घटना बढिरहेको जिकिर गरे ।

    उनले दलितमाथिको विभेदका घटना अन्त्यका लागि उच्चस्तरीय संसदीय समिति गठन गरिनुपर्ने, उत्पीडितको निश्पक्ष रूपमा छानबिन गरिनुपर्ने, पीडितलाई राहत न्याय र क्षतिपूर्तिको उचित व्यवस्था गर्न माग गरे । साथै सचेतना अभियान राष्ट्रव्यापी रूपमा सञ्चालन गर्न समेत माग गरे ।

    नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले सङघीय लोकतान्त्रिक गणतन्त्रान्त्रिक व्यवस्थाका विरुद्धमा सदन र सडकका माध्यमबाट कमजोर बनाउने प्रयास भइरहेको भन्दै व्यवस्था विरोधीका विरुद्ध एकजुट हुनुपर्ने धारणा राखे ।

    उनले भने, “व्यवस्था ल्याउन कुनै योगदान र भूमिका नभएका व्यक्ति र समूहबाट बदनाम गराउने तथा वर्तमान संविधानलाई नै असफल बनाउने प्रयास भइरहेको छ । यसका विरुद्धमा गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्छ ।”

    सदनमा जिम्मेवार प्रतिपक्षीलगायत अन्य दलले सदन अवरोध गरिरहेको भन्दै उनले जनताको आवश्यकता र जिविकासँग जोडिएका विषयलाई सम्बोधन गर्न सहमति तथा सहकार्यबाट अगाडि बढनुपर्नेमा जोड दिए ।

    सांसद रोकायाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक कर्मचारीको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकको राजिनामाको विषय ल्याइनु दुःखद् पक्ष हो भन्दै आरोपित व्यक्ति विरुद्ध उजुरी नै नपरेको विषयमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाए । कर्मचारीले गल्ती गरेको आरोपमा मन्त्रीले राजिनामा दिँदै जाने हो भने कस्तो संस्कार बस्ला भनी उनले प्रश्न गरे । 

  • सरकारमा आवद्ध दलहरुले यातायात बन्द गर्न लगाएर जनतालाई दुःख दिएः सांसद सुवाल

    सरकारमा आवद्ध दलहरुले यातायात बन्द गर्न लगाएर जनतालाई दुःख दिएः सांसद सुवाल

    काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले सरकारमा गएकै पार्टीहरुले सार्वजनिक यातायात बन्द गर्न लगाएर जनतालाई दुःख दिएको बताएका छन् ।

    आज (मंगलबार) संसद् भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यो बन्द कसले गराएको हो भन्ने जनताले बझ्नै नसकेको बताए । यातायात व्यवसायीको संगठन र मजदुरहरुको संगठनमा चुनाव हुँदा दलका नेताहरु गएर यसलाई उठाउने र जिताउने भन्ने हुने गरेको उनले सुनाए । सरकारमा सहभागी भएका दलहरुकै नेता तथा कार्यकर्ताले अहिले बन्द गराइरहेको उनको दाबी छ ।

    यातायात व्यवसायीले जनतालाई स्पष्ट नभन्दा अहिले जनताले नै दुःख ब्यहोर्नुपरेको उनले बताए । अब यो बन्द कसले गरेको हो भन्ने जनताले बुझ्न आवश्यक रहेको उनले बताए ।‘जनतालाई स्पष्ट भन्नुभयो राजनीतिबारे । स्पष्ट नआउँदा जनतालाई दुःख भयो । अब जनताले बुझ्नुपर्यो । जनता पनि सचेत हुनुपर्यो । यो त मजदुर संगठन, यातायात व्यवसायीले गरेको भन्ठान्छन् । त्यो होइन । यो सरकारमा गएकै पार्टीहरुले गर्न लगाएको हो,’– उनले भने ।

    सार्वजनिक यातायात बन्द हुनुमा सरकार दोषी रहेको उनको दाबी छ । आफ्नै दलका संगठनलाई पनि सरकारमा आवद्ध दलहरुले अनुसशासनको दायरामा राख्न नसकेको उनले बताए । ‘यातायात व्यवसायी र मजदुरहरु त सरकारकै पार्टीका संगठन हुन् नि । आफ्नो कार्यकर्तालाई अनुशासनमा राख्न सकेन । सरकारले यो स्थिति आउन नदिन अगाडि नै कोसिस गर्नुपर्ने हो, त्यो भएन । यातायात व्यवसायी र मजुदुरहरुको नेता सरकारमा रहेका पार्टीहरु नै हुन् भने भित्रभित्रै छलफल गर्ने हो । होइन पार्टी र यातायात मजदुरहरुको अलग संगठन हो हामी सरकारको कुरा मान्दैनौं भन्ने हो भने त्यो स्पष्टसँग भन्नुपर्यो,’– उनले भने ।

  • भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति पनि प्रतिपक्षको माग

    भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति पनि प्रतिपक्षको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य हरि ढकालले भिजिट भिसा प्रकरणका उच्चस्तरीय छानविन समिति बन्नुपर्ने बताएका छन् । अहिले आइरहेको विषयलाई जरैदेखि छानविन गर्नका लागि समिति अपरिहार्य रहेको बताएका हुन् । भिजिट भिसा प्रकरणमा सबैले देखिराखेको चिनिराखेको मान्छे पनि भिजिट भिसा प्रकरणको नाइके पाइएको उनले बताए । आफूले प्राप्त गरेको प्रमाणमा भिजिट भिसामा दुवई जानको लागि चार लाखसम्म बुझाइएको प्रमाण आफूसँग आएको बताए ।

    यतिधेरै संवेदनशील विषयमा सरकारले आफ्नो रवैया देखाइरहेको नेता ढकालले बताए । उनले उच्चस्तरीय छानविन समिति बन्नुपर्ने र २०६४ मा बनेको श्रम ऐनपछिका सबै गृहमन्त्रीको पालामा भएको गतिविधिलाई अनुसन्धानको दायरामा ल्याइनुपर्ने बताए । ‘यति संवेदनशील विषयमा सरकारले जुन किसिमको रवैया देखाउँदैछ, त्यो विलकूल गलत छ । उच्चस्तरीय आयोग बन्नैपर्छ । यसको छानविन हुनैपर्छ । त्यो छानविन हुँदा गृहमन्त्रालय र गृहमन्त्रीले प्रभावित पार्न सक्ने सम्भावना घटनाक्रमले देखाएको छ । अस्तीमात्रै डिआईजीलाई अख्तियारबाट ३ घण्टा के गरेको थियो ? हामीसँग प्रमाण छ,’– उनले भने ।

    नेता ढकालले भिजिट भिसा प्रकरणमा आफूहरुले क्याम्पियन नै चलाएको कारण एक हजार दुई सयभन्दा बढी प्रमाण आफूलाई प्राप्त भएको बताए । सोविता गौतम, मनिष झालगायतका अरु नेताहरुलाई पनि पीडितहरुले प्रमाण पठाएको उनको दाबी छ । अध्यागमनमा हाताहाती कारोबार भएको पाइएको र कतिपय अवस्थामा भने बैंकिङ्ग बारोबारसमेत भेटिएको उनको दाबी छ । समितिले छानविन गर्न र समितिलाई प्रभाव नपार्नका लागि गृहमन्त्रीको राजीनामा अपरिहार्य रहेको पनि नेता ढकालले बताए ।

    ‘त्यहाँ नगदमा कारोबार हुन्छ । बैंक टान्जेक्सन पनि हुन्छ । बैंक टान्जेक्सन भएको हामीसँग प्रमाण छ । ठ्याक्कै गृहमन्त्रीको खातामा हालेको त कहाँ हुन्छ त नि,’– उनले भने ।

  • गृहमन्त्रीले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने प्रतिपक्ष दलको निष्कर्ष

    गृहमन्त्रीले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने प्रतिपक्ष दलको निष्कर्ष

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरुले संसद् अवरोध अन्त्य गर्न गृहमन्त्री रमेश लेखकको राजीनामा आउनुपर्ने बताएका छन् । आज (मंगलबार) बसेको प्रतिपक्षी दलको बैठकले गृहमन्त्रीको राजीनामाबाट टसमस हुन नहुने निष्कर्ष निकालेको हो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक बसेको आजको प्रतिपक्षी दलको बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आएपश्चातको समयदेखि हाल रहेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन आयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय गरेको छ ।

    त्यस्तै, वर्तमान गृहमन्त्री रमेश लेखकले छानबिनको परिणाम नआएसम्म र अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने र भिजिट भिसा प्रकरणबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर
    प्रतिबद्धता गर्नुपर्ने उनीहरुको तीन बुँदे माग छ ।

    बैठकको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेको कार्यकक्षमा हुदै गरेको बैठकमा सहभागी हुन गएको रास्वपाका नेता तथा सांसद मनिष झाले बताए ।

  • रास्वपाले बृहत् नीति सम्मेलन आयोजना गर्ने

    रास्वपाले बृहत् नीति सम्मेलन आयोजना गर्ने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवसका अवसरमा बृहत् नीति सम्मेलन आयोजना गर्ने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता (कार्यवाहक) मनिष झाले जानकारी दिए ।

    उक्त कार्यक्रमका लागि सहमहामन्त्री विपिनकुमार आचार्यलाई आयोजक समितिको संयोजक तोकेको छ । यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहमा विभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

    सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका पार्टी सभापति रवि लामिछानेलाई झुठा मुद्दा लगाइएकोसमेत सो पार्टीले ठहर गरेको छ ।

    बैठकमा प्रदेश इञ्चार्जहरू सन्तोष परियार (कोसी), मनिष झा (मधेस), लिमा अधिकारी (बागमती), शिशिर खनाल (गण्डकी), विपिनकुमार आचार्य (लुम्बिनी), गणेश पराजुली (कर्णाली) र हरि ढकाल (सुदूरपश्चिम) ले पार्टीको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

  • भिजिट भिसा प्रकरणमा छानबिन गर्न गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने रास्वपाको अडान

    भिजिट भिसा प्रकरणमा छानबिन गर्न गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने रास्वपाको अडान

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गपशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको छ।

    पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो।

    गृहमन्त्रीमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभइ सरकारको अभिभावकको रुपमा रहेका प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए। भिजिट भिसा प्रकरणमा रास्वपा कुनै एक व्यक्तिको पछि लागेको नभइ समग्र बेतिथिलाई अन्त्य गर्नुपर्छ भन्नेमा जोड रहेको उनले बताए।

    त्यसअघि सोमबार नै बसेको रास्वपा सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा सदनमा शसक्त रुपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको थियो। त्यस्तै सचिवालय बैठकले पार्टीको स्थापना दिवस मनाउनका लागि विभिन्न कमिटी गठन गरिएको कार्यवहाक प्रवक्ता झाले जानकारी दिए।