काठमाडौं । प्रहरीले नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ । रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो । नक्कली शरणार्थी प्रकरणमा रायमाझी अनुसन्धानमा तानिएका छन् ।
रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० मा वारेन्ट जारी भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट दुबैजनाविरद्ध पक्राउ पुर्जी लिएको थियो ।
वारेन्ट जारी भएपछि उनका छोरा पक्राउ परेपनि रायमाझी ‘फरार’ रहँदै आएका छन् । दुवै जनामाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप छ । यसअघि पक्राउ परेकाहरुले ठगीमा रायमाझीलगायतका उच्च तहका नेता र कर्मचारीको संलग्नता रहेको भन्दै बयान दिएका थिए ।
सो प्रकरणमा हालसम्म ८ जना पक्राउ परिसकेका छन् भने कांग्रेसका केही नेता समेत मुछिएका छन् ।