पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु



पेरूको दक्षिणी क्षेत्रमा रहेको एक सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

एरिक्विपा क्षेत्रमा रहेको ला एस्पेरान्जा खानीभित्रको सुरुङमा शनिबार सर्ट सर्किटका कारण आगलागी भएको प्रहरी र सरकारी अधिवक्ताको कार्यालयले जनाएको छ ।


सरकारी अभियोजक जियोभान्नी माटोसले च्यानल एन टेलिभिजनलाई दिएको जानकारीअनुसार खानीभित्र २७ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सुदूर कोन्डेसुयोस प्रान्तको खानीमा विस्फोट भएपछि आगलागी सुरु भएको हो । प्रहरीले मृतकको विवरण सङ्कलन गरेपछि मात्रै आगलागीको खबर आइतबार प्रकाशित गरेको हो ।

उद्धार टोलीले मृतकको शव निकाल्नुअघि खानीलाई सुरक्षित बनाउने प्रयास गरिरहेका बताइएको छ । माटोसले भने, “हामीले मृतकहरू सुरक्षित भएको ठाउँ बनाउनुपर्छ ताकि हामी त्यहाँ पस्न र शवहरू निकाल्न सक्छौं ।”