‘ए’ डिभिजन लिग : एपीएफ र एनआरटीको बराबरी



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

एन्फा कम्प्लेक्समा बिहीबार एपीएफ र एनआरटीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । यस बराबरीसँगै एपीएफले १४ खेलमा १९ अंक जोडेको छ ।


एपीएफ सातौं स्थानमा रहेको छ । एनआरटीले १४ खेलमा १७ अंक जोडेको छ । एनआरटी नवौं स्थानमा रहेको छ ।