काठमाडौं । लामो समयदेखि बन्द रहेको घरजग्गा कित्ताकाट खुल्ला भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले घरजग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो ।
अघिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले घरजग्गाको कित्ताकाट खुलाउने निर्णय गरे पनि यसबारे थप अध्ययन गर्न मन्त्रिपरिषद् अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिलाई जिम्मेवारी प्रदान गरिएको थियो ।