नेप्सेमा ४ अंकको गिरावट



काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । मंगलबार नेप्से चार दशमलव २६ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४१ विन्दुमा झरेको छ । आज होटल, बीमा, विकास बैंक र अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ७० वटा कम्पनीका २२ लाख २२ हजार कित्ता शेयर ६४ करोड ९६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको दुई करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


आज सबैभन्दा धेरै श्वेतगङ्गा हाइड्रो र मिथिला लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धरैले बढेको छ ।