काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्ष पदको निर्वाचनको मतगणना पुनः गर्नेगरी उच्च अदालत पोखराबाट भएको फैसला तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पोखराले चैत २१ मा वडाध्यक्ष पदको निर्वाचनको पुनः मतगणना गर्न आदेश दिएको थियो । वडाध्यक्षका तत्कालीन उमेदवार पुष्कलबहादुर थापाले पुनः मतगणनाका लागि उच्च अदालतमा निवेदन दिएका थिए ।