संघीय संसदका दुवै सदनको अधिवेशन मध्यरातिदेखि अन्त्य



काठमाडौँ । संघीय संसदमा दुवै सदनको चालु अधिवेशन आज (शुक्रबार) मध्यरातिदेखि अन्त्य गरिएको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०-०१-१२ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०८० साल वैशाख १५ गते शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेको छु’, उनले भनेका छन् ।

f1682688016