राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । 

राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भइरहेको छ । 


उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै दूतावासले उनको स्वास्थ्य परीक्षणको रिपोर्ट सकारात्मक आएको र केही रिपोर्ट भने अझै आउन बाँकी रहेको जानकारी दिएको छ ।