भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै



नयाँदिल्ली । बुधबारदेखि भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ भने कोरोनाबाट निको हुनै जानेको सङ्ख्या समेत बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको तथा ११ हजार ४७ जना कोरोना मुक्त भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।


दुई लाख आठ हजार एक सय १२ जनाको स्वाब परीक्षण गर्दा सात हजार पाँच सय ३३ जनामा सङ्क्रमण पत्ता लागेका हो । अघिल्लो साता भारतमा कोरोना महामारी मत्थर भएयता सबैभन्दा धेरै बिरामी फेला परेपछि केन्द्र सरकारले परीक्षणलाई तीव्र गतिमा अघि बढाउनका साथै खोप अभियानलाई पनि उच्च प्राथमिकता दिँदै आएको छ ।

हाल भारतमा कोरोनाबाट सक्रिय रूपमा सङ्क्रमित बिरामी ०.१२ प्रतिशत रहेका उक्त मन्त्रालयले जनाएको छ । चार करोड ४३ लाख ४७ हजार २४ जना रोगमुक्त भएका छन् ।

विश्वव्यापी कोरोना महामारी सुरु भएदेखि हालसम्म दुई अर्ब २० करोड ६६ लाख भारतीयले कोरोनाविरुद्ध खोप लगाइसकेका छन् ।