दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो : बालेन साह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न नसकिने बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत मेयर साहले दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको बताएका हुन् ।

उनले महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको बताएका छन् ।


उनले भनेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं । त्यसमाथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौं ।’