महानगरले शिल गर्‍यो बालाजुस्थित घरको सटरमा सञ्चालित कोतः धुकु पेट्रोल पम्प



काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा शिल गरेको छ । महानगरको नगर प्रहरीले आज (बिहीबार) बालाजुमा रहेको कोतः धुकु पेट्रोल पम्प शिल गरेको हो ।

मापदण्ड विपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै महानगरले पेट्रोल पम्पमा शिल गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उक्त पेट्रोल पम्प घरको सडकपेटीमा सञ्चालन भइरहेको थियो ।


मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो । सिल गर्नुअघि सो पेट्रोल पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षालगायतका विषयमा महानगरले आयल निगमलाई सोधेको थियो ।