सिरहा । सिरहामा भारतीय बजारबाट तस्करीका समान बोकेर आएको सिरहा चोहर्वास्थितको नरहामा म्याजिक अनियन्त्रित भएर दुर्घटना हुँदा चारजना घाइते भएका छ्न् । प्रहरीको आँखा अगाडि बाटै तस्करीका ओभरलोड समानसहित नरहाको चोहर्वा स्थित अनियन्त्रित भइ म्याजिक दुर्घटना हुँदा तीन जना घाइते भएका हुन ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नरहा गाउँपालिका ३ खोरीयाटोल नजिक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज १ ज २९९ नम्बर सेतो म्याजिक दुर्घटना हुँदा कर्जन्हा नगरपालिका ३ बन्दिपुरका ५१ वर्षीय शिवसती यादव, २२ वर्षिय पिन्का यादब, ६० वर्षिय भोला यादव र सिरहाको खिरौनाका ४० वर्षीया सरितादेवी साह (गुप्ता) घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकारी दिएका छन् ।
घाईते मध्ये तीनजना यादव एकै परिवारका रहेका छन्। यात्रीसहित चिनी, मैदा, तेल बोकेको सेतो म्याजिक अनियन्त्रित भई राजमार्ग छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा उनीहरु घाईते भएको केसीले बताए ।
दुर्घटनालगत्तै गाडीका चालक फरार भएका छन्। घाइतेमध्ये ६० वर्षीय भोला यादवको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरु सबैको लाइफ लङ हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले बताए। गाडी चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। गाडीमा रहेको समान कसको भन्ने खुल्नसकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।