२९५ सङ्क्रमित थपिए, २ काे मृत्यु



काठमाडाैं, २७ कात्तिक। पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा आठ हजार २४३ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार २७८ जना रहेको मन्त्रालयले जनाएको छ । नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत पुगेको छ ।


पाँच सय बढी सङक्रमित भएको एक मात्र जिल्ला ललितपुर छ । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० छन् । ती जिल्लामा मोरङ, सुनसरी, धनुषा काठमाडौँ, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् । हुम्ला र मुगुमा सङ्क्रमित सङ्ख्या शून्य रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४७८ जनाले कोरोना भाइरसको सङ्क्रमणमुक्त भई फर्किएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९७ हजार ९२६ जना रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार ४७१ जनाको मृत्यु भएको छ । होम आइसोलेशन छ हजार ७५२, संस्थागत आइसोलेशनमा ५२६ जना, सघन उपचार कक्षमा १९३ र भेन्टिलेटरमा ५७ जना रहेका छन् ।

चौतीस हजारले खोप लगाए यस्तै आज ३४ हजार ७१६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । आज लगाइएको खोपसँगै अहिलेसम्म ८८ लाख २४ हजार ८१५ जनाले पहिलो मात्रा र ७५ लाख ४१ हजार २६७ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।